कुवेतको घटना बारे जानकारी गराउन मानव अधिकार आयोगको आग्रह

हेटौडा न्युज
२ फाल्गुन २०७६, शुक्रबार २१:३५
;

कुवेतको निर्माणस्थलमा भएको घटनाको यथार्थ जानकारी गराउन राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई आग्रह गरेको छ ।

घटनाको बारेमा यथार्थ जानकारी दिन भन्दै आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पत्राचार समेत गरेको छ ।
६ जना नेपालीहरुको मत्यु हुने गरी गत माघ २९ गते कुवेतको निर्माणस्थलमा घटना भएको हो ।

 कुवेतको एक निर्माणस्थलमा ढुंगासहितको ढिस्कोले पुरिँदा ६ जनाको मृत्यु भएको र २ जना घाइते भएको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको छ । घटनामा घाइते भएकाहरुको प्रभावकारी र निःशुल्क उपचार गर्न, आवश्यक राहत, क्षतिपूर्ति उपलब्ध गाराउनसमेत आयोगले आग्रह गरेको छ ।

साथै आयोगले वैदेशिक रोजगारीमा गएका कामदारहरुको सुरक्षा तथा उनीहरुको मानव अधिकारको सुनिश्चितताको लागि दीर्घकालीन कार्ययोजना र नीति बनाएर आवश्यक सुरक्षा व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*