दाह्री पालेको, नकाब लाएको र इन्टरनेट चलाएको आरोपमा सयौँ मुस्लिम थुनामा

हेटौडा न्युज
६ फाल्गुन २०७६, मंगलवार १८:२३
;

चीनमा अल्पसङ्ख्य उइगर मुस्लिम समुदायमाथि दमन हुने गरेको समाचार सार्वजनिक भएको छ । बीबीसीले सार्वजनिक गरेको एक सय सय ३७ पृष्ठको दस्तावेजमा मुस्लिम समुदायका नागरिकलाई दाह्री पालेको, नकाब लगाएको तथा इन्टरनेट चलाएको आधारमा समेत थुनिएको दाबी गरिएको छ । 

दस्तावेजमा एक ३८ वर्षीया महिलालाई केही वर्षअघि नकाब लगाएको कारण मुद्दा चलाएर पुनर्शिक्षण शिविरमा पठाइएको र २८ वर्षीय पुरुषलाई एउटा वेबलिङ्कमा क्लिक गरे बापत थुनिएको उल्लेख गरिएको छ । त्यसरी थुनिएका मानिसहरु सबैजसो मुस्लिम रहेका पनि बीबीसीले जनाएको छ । 

भविष्य निर्धारण गरिने भन्दै हजारौँ मुस्लिमलाई शिविरमा राखिएको बताइएको छ । साथै सिन्जियाङका तीन हजारभन्दा बढी व्यक्तिका सूचीकृत विवरणमा दैनिक जीवनका अति व्यक्तिगत कुराहरू समेत समेटिएको दस्तावेज प्राप्त गरेको बीबीसीले जनाएको छ । 

दस्तावेजमा मानिसहरूले गर्ने प्रार्थना, लगाउने लुगा, उनीहरुले गर्ने भेटघाट र परिवारका सदस्यले गर्ने व्यवहारसम्मका विवरण समेटिएका छन् । आतङ्कवाद र धार्मिक अतिवादसँग लडिरहेको भन्दै चीनले कुनै गलत काम नगरेको बताउने गरेको छ ।  एजेन्सी
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*