सञ्चार मन्त्री बाँस्कोटाले दिए राजीनामा

हेटौडा न्युज
८ फाल्गुन २०७६, बिहीबार २१:२१
;

सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्री गोकुल प्रसाद बाँस्कोटाले कमिशन रकमको डिलको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका छन्।

सेक्युरिटी प्रिन्टिङ मेसिन खरिदका सन्दर्भमा कमिशन रकमका बारेमा मन्त्री बाँस्कोटाले गरेको डिलुको अडियो रेकर्ड सार्वजनिक भएपछि उनी विवादमा आएका थिए ।

सभामुख अग्नि सापकोटाका अनुसार मन्त्री बाँस्कोटाले राजीनामा दिएको जनाएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकमा सभामुख  सापकोटाले  अनौपचारिक रुपमा राजीनामा आएको बताएका हुन् । यद्यपी औपचारिक पत्र भने आउन बाँकी छ ।

कांग्रेसले मन्त्री बाँस्कोटाको विषयलाई लिएर संसद अवरोध गर्ने बताएपछि सापकोटाले जानकारी दिएका हुन् । यद्यपि, बैठक भने अगाडि बढ्न सकेन ।

बाँस्कोटा २०७६ चैत २ गते सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्रीका रुपमा नियुक्त भएका थिए। तर, २०७५ जेठ १८ गते भएको मन्त्रिपरिषद् विस्तारसँगै उनी मन्त्री भएका थिए।

सामाजवादी पार्टीले सरकार छाडेपछि प्रधानमन्त्रीले बाँस्कोटालाई गत पुस २५ सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*