को हुन् मन्त्री बाँस्कोटासँग करोडौं कमिसन डिल गर्ने मिश्र ?
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा सेक्युरिटी प्रेसको कमिसन प्रकरणमा मुछिएका छन् ।
मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङमा स्वीस एजेन्ट बिजयप्रकाश मिश्रसँग बार्गेनिङ गरेको अडियो विभिन्न सञ्चार माध्यममार्फत सार्वजनिक भएको हो ।
गत पुस २१ गते बसेको संसदको सार्वजनिक लेखा समितिको बैठकमा सेक्युरिटी प्रिन्टिरबारे भएको छलफलमा विज्ञ बनेर सांसदहरुसँग छलफल गर्न पुगेका मिश्रले नै अडियो सार्वजनिक गरेका हुन् । उनले स्वीस कम्पनीका नेपाली एजेन्टकारुपमा मन्त्री बाँस्कोटासँग करोडौं कमिशनको डिल गरेको थिए ।
जापानबाट फर्किएका लमजुङका मिश्र स्वीसका विभिन्न कम्पनीसँग नेपाली एजेन्टका रुपमा प्रस्तुत हुँदै आएका थिए । केही समय अगाडि उनी नेपालीहरुलाई जापान पठाउने काम गर्थे ।
उनी माथि मानव तस्करीको समेत आरोप लाग्ने गरेको छ । उनी अहिले विभिन्न स्रोत मार्फत शक्ति केन्द्रसँग सम्बन्ध बनाएर एजेन्टका रुपमा बार्गेनिङ गर्नेतिर सक्रिय रहेको बताइन्छ ।
आफू संलग्न स्वीस कम्पनीले ७५ करोड रुपैयाँ कमिशन दिँदा पनि सञ्चारमन्त्री प्रिन्टरको भाउ बढाएर पनि ४ अर्ब भन्दा बढी झिक्न भनेको अडियो भाइरल छ ।
मिश्रले कम्पनीबाट प्राप्त हुने ७५ करोडमध्ये ५५ करोड रुपैयाँ कमिशन दिँदा पनि सञ्चारमन्त्रीले जर्मन कम्पनीबाट प्रिन्टर ल्याउन खोजेको रिसमा उक्त अडियो सार्वजनिक गरेका छन् ।
उजुरीकर्ता मिश्रलाई समितिले सेक्युरिटी प्रिन्टिङ विज्ञका रुपमा समेत छलफलमा राखेको छ । यसमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले भने आपत्ति जनाएका थिए ।
एउटै व्यक्तिलाई अनेक रुपमा समितिमा बोलाइएकोबारे सांसद सूर्य पाठकले कारण नै मागेका थिए । स्रोत : नयाँपेज