ट्रम्प भारत आइपुगे, मोदीले यसरी गरे स्वागत

हेटौडा न्युज
१२ फाल्गुन २०७६, सोमबार १८:३७
;

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गुजरातको राजधानी अहमदाबाद आइपुगेका छन् ।

राष्ट्रपति ट्रम्पलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहमदाबाद एअरपोर्ट पुगेका थिए । ट्रम्पसँगै अमेरिकाकी फस्र्ट लेडी मेलानिया ट्रम्प र छोरी इभान्का पनि भारत भ्रमणमा आएका हुन् । 

डोनाल्ड ट्रम्प राष्ट्रपति बनिसकेपछि पहिलो पटक भारत आइपुगेका हुन् । अमेरिकामा चुनावी वर्ष सुरु हुँदै गर्दा ट्रम्पले भारत भ्रमण गरेका हुन् । 

दुई देशका प्रमुखबीच व्यापारिक सम्भाैता हुने बताइएकाे छ । यही कारण ट्रम्पको यो भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ । 

ट्रम्पले अहमदाबादमा रहेको मोटेरा स्टेडियममा भारतीय नागरिकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  
एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*