रोजगारीको लागि जनयुद्धमा घाइते र अपाङ्गता भएकालाई सीप सिकाउन शिक्षामन्त्री पोखरेलको निर्देशन

हेटौडा न्युज
१२ फाल्गुन २०७६, सोमबार २०:१०
;

जनयुद्धमा घाइते र अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले निर्देशन दिएका छन्  । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) लाई ३२ औं वार्षिकोत्सवमा सम्बोधन गर्दै मन्त्री पाखरेलले रोजगारीको ग्यारेन्टीका साथ जनयुद्ध, मधेश आन्दोलन, थारु जनजाती आन्दोलनका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाउन निर्देशन दिएका हुन् ।

अबको २५ वर्षमा आइसिटी क्षेत्रको जनशक्ति अभाव हुने विभिन्न तथ्याङ्कहरुले देखाएको भन्दै पाखेरेलले रैथाने सीप र आधुनिक सीपलाई सँगै अगाडी बढाउनुपर्ने अवश्यकता औंल्याएका छन् । उनले  सिटिइभिटी उच्चस्तरीय जनशक्ति उत्पादनतर्फ नगएको उल्लेख गर्दै उनले सँधै सिएमए र अनमी उत्पादन गर्न नसकिने बताएका छन् । 

सिटिइभिटीले ३२ औं वार्षिकोत्सव मनाइरहँदा मन्त्री पोखरेलले प्रयोशाला अभाव र शिक्षकहरुको अभाव रहेको स्वीकार गर्दै गुणात्मक जनशक्ति उत्पादनमा जोड दिन आग्रह गरेका थिए । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*