नेकपाको संगठन बिस्तारमा तिब्रता, शनिबार हेटौडा ५ मा तीन वटा टोल कमिटि गठन

हेटौडा न्युज
१८ फाल्गुन २०७६, आईतवार ०१:०२
;

नेपाल कम्न्युष्ट पार्टी हेटौंडा वडा नं. ५ ले टोल कमिटि निर्माण एवम् पार्टी एकीकरण र संगठन 
 बिस्तार कार्यलाई तिब्रता  दिएको छ । शनिबार हेटौंडा ५ मा ३ वटा टोल कमिटि गठन गरिएको  नेकपा ५ नं वडा अध्यक्ष देबीप्रसाद गौतमले बताउनुभयो । हेटौंडा ५ नं. वडाको ढुङ्गेधारा टोलमा बिष्णु कुमार श्रेष्ठ अध्यक्ष रहेको १९ सदस्यीय टोल कमिटि गठन गरिएको छ । कमिटिको सचिवमा दुर्गा ठकुरी र सदस्यहरुमा मायादेबी कडेंल, नहकुल खनाल, कमला न्यौपाने, सरस्वती पुडासैनी, पार्वती अर्याल लगायत रहेकाछन् ।

त्यस्तै, हेटौंडा ५ कै राई टोलमा निशा राईको अध्यक्षतामा १९ सदस्यीय राईटोल कमिटि गठन भएको छ । कमिटिको सचिवमा दुर्गा राई र सदस्यहरुमा अरुण राई, लक्ष्मी राई, सीता राई, देबी पुलामी, उमेश कोईराला, काजल माझी लगायत रहेकाछन् ।

यसैगरी, हेटौंडा–५कै चिसापानी टोलमा भवानी आचार्यको अध्यक्षतामा १९ सदस्यीय चिसापानी टोल कमिटि गठन भएको छ । कमिटिको सचिवमा प्रविण पुडासैनी र सदस्यहरुमा पिताम्बर देवकोटा, गुणराज सापकोटा, राम पराजुली, करुणा थापा, रमा घिमिरे लगायत ररहेका छन् ।

तीनवटै टोल कमिटि गठन भेलामा नेकपा हेटौंडा उपमहानगरपालिका कमिटि सदस्य तथा ५ नं. वडा ईञ्चार्ज सन्तोष पौडेल, उपमहानगरपालिका कमिटि सदस्य बिशाल महत, झलक भुजेल, ५ नं वडा कमिटि अध्यक्ष देबीप्रसाद गौतम्, सचिव पदमबहादुर बजगाई, वडा सदस्य दिलबहादुर अधिकारी, रणबहादुर कार्की, बुद्धिजिबी सम्राट तुम्बहाम्फे, प्रेस संगठन नेपाल वागमती प्रदेश सदस्य राजकुमार के.सी.को उपस्थिति रहेको थियो ।

पार्टीलाई मजबुत बनाउँदै जनताको दुःख सुखमा प्रत्यक्ष सहभागिता जनाउनको लागि केन्द्रीय नीति अनुरुप नै टोलटोलमा संगठन बिस्तार कार्यलाई अगाडि बढाईएको नेकपा हेटौंडा ५ का अध्यक्ष गौतमले बताउनुभयो ।
(सञ्चारकर्मी राजकुमार के.सी.को सहयोगमा )

 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*