मन्त्रिपरिषदको बैठक आज साँझ ५ बजे 

हेटौडा न्युज
१८ फाल्गुन २०७६, आईतवार २२:१६
;

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् । मृगौला पुनः प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओलीले सोमवार बस्ने नियमित बैठक एक दिन अघि सारेर आज साँझ बैठक बोलाएका हुन् ।

स्रोतका अनुसार केही दिन अस्पतालमा बस्नुपर्ने भएकाले मन्त्रिपरिषदबाट महत्वपूर्ण निर्णयहरु गरिने जनाएको छ । राष्ट्रियसभा सदस्य मनोनयनको सिफारिस आजकै क्याबिनेटबाट हुने वा नहुने भने केही खुलेको छैन ।

प्रधानमन्त्रीले काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा बुधबार मिर्गौला प्रत्यारोपण गर्ने नेकपा सचिवालय बैठकलाई जानकारी गराएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*