तीन महिनादेखि प्रदेश सभा अवरुद्ध, फागुन २२ गतेलाई बोलाइयो बैठक

प्रदेशको नं २ को प्रदेश सभा बैठक आउदो फागुन २२ गते बस्ने भएको छ । लामो समय पछि प्रदेश सभा सचिवालयले प्रदेश सभा बैठक बोलाएको हो ।
करीव तीन महिनादेखि अवरुद्ध बैठक फागुन २२ गते दिनको १ बजेलाई बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
भुक्तानीको विषयलाई लिएर सत्ता पक्ष, प्रतिपक्ष बीच वादविवादका कारण प्रदेश सभाको बैठक अवरुद्ध हुँदै आएको थियो ।
गत पुष १४ गते बसेको बैठक दुई पक्ष बीचको विवादका कारण मुश्किलले ५ मिनेट पनि चल्न सकेको थिएन । त्यसयता बैठक नै बसेको थिएन ।
लामो समय सम्म बैठक नबस्दा कानून निर्माणमा कठिनाइ पर्दै आएको थियो ।