“नैतिकताको एक प्रतिशत मात्र छ भने बाँकी भएको छवि जोगाउन  प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ,”:-सांसद  स्नेही 

हेटौडा न्युज
१९ फाल्गुन २०७६, सोमबार २१:५१
;

प्रधानमन्त्री केपी ओली भ्रष्टाचारको आहालमा डुबेको भन्दै नेपाली कांग्रेसका सांसद प्रकाश स्नेहीले प्रधानमन्त्रीको राजीनामा मागेका छन् । सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद स्नेहीले प्रधानमन्त्री ओली भ्रष्टाचारको आहालमा डुबेको भन्दै राजीनामाको माग गरेका हुन् । 

ओलीको नेतृत्वमा सरकार गठन भए पनि दिन दुई गुणा रात चार गुणाका दरले भ्रष्टाचार बढिरहेको भन्दै देशनै डाइलासिस गर्नुपर्ने अवस्थामा पुगेको उनले बताए । “नैतिकताको एक प्रतिशत मात्र छ भने बाँकी भएको छवि जोगाउन उहाँले राजीनामा दिनुपर्छ,” प्रधानमन्त्रीतर्फ लक्षित गर्दै उनले भने ।

उनले बालुवाटार काण्ड, वाइडबडी, न्यारो बडीलगायतका भ्रष्टाचार काण्डको चर्चा गर्दै उनले देशमा सुशासन कायम गर्न प्रधानमन्त्री ओली असफल भएको पनि बताए । तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटा जोडिएको ७० करोड कमिसन प्रकरणमा छानबिन प्रभावित गर्ने गरी अडियो नक्कली भन्दै प्रधानमन्त्रीले अभिव्यक्ति दिएकोप्रति पनि उनले आक्रोस व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*