संसदमा मच्चियो हंगामा, गृृहमन्त्रीको राजीनामाको माग

हेटौडा न्युज
१९ फाल्गुन २०७६, सोमबार २२:३३
;

भारतीय संसदमा बजेट सत्रको दोस्रो चरणको सुरुवात सोमबार भएको छ । तर, संसदमा सोमबार हंगामा भयो । दिल्ली हिंसालाई लिएर भारतीय कांग्रेससहितका विपक्षी दलहरुले संसद परिसरमा नै विरोध प्रदर्शन गरेका हुन् । 

त्यहाँका राज्यसभामा कांग्रेस नेता गुलाम नबी आजादले सोमबार सरकारले हिंसालाई बेवास्ता गरेर सुतिरहेको अभिनय गरेको आरोप लगाएका छन् । आजादले केन्द्र सरकारले चाहेको भए यो हिंसा नहुने दाबी गरेका छन् । यसका साथसाथै कांग्रेस नेता राहुल गान्धी, अधीर रन्जन चौधरीले पनि संसदमा विरोध प्रदर्शन गरेका छन् । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*