ट्याक्टर दुर्घटना हुँदा १ जनाको घटना स्थलमै मृत्यु, २ जना घाईत

स्याङजामा ट्याक्टर दुर्घटना हुँदा१ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । दुर्घटनामा विरुवा गाँउपालिका बडा नं ७ याँदी बस्ने बर्ष २६ का बनध्वज गुरुङको घटना स्थलमै मृत्यु भएको हो । गुरुङ केही समय यता सोही ट्क्टरमा काम गर्दे आइरहेका थिए ।
रा १ त २१०० नम्बरको ट्याक्टर दुर्घटनामा परी ट्याक्टर चालक विरुवा गाँउपालिका बस्ने बर्ष १९ का तेज बहादुर गुरुङ र सोही ठाँउमा बस्ने बर्ष १७ का ठगराज गुरुङ घाईते भएका हुन् ।
घाइते दुवै जनालाइ उपचारको लागि पोखरा लगिएको प्रहरी नायब उपरिक्षक नविन कृष्ण भण्डारीले जनाएको छ । घटना के कारणले भएको हो भन्ने तथ्य नखुलेको हुँदा अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक नविन भण्डारीले बताएका छन् ।