प्रहरीलाई पेस्तोल ताक्ने प्रदर्शनकारी पक्राउ
प्रहरीलाई पेस्तोल ताक्ने एक प्रदर्शनकारी पक्राउ परेका छन् ।दिल्ली हिंसाको क्रममा प्रहरीलाई गोली ताक्ने मोहम्मद शाहरुख नामका युवक उत्तर प्रदेशको शामली भन्ने स्थानबाट पक्राउ परेका हुन् ।
उनले नयाँदिल्लीको जाफरवादमा हेड कन्सटेबल दीपक दहियालाई पेस्तोल तोकेका थिए । त्यसपछि आठ राउन्ड फायर पनि गरेका थिए । लगत्तै, पक्राउ पर्ने डरले उनी आफ्नो परिवारका सदस्यसहित फरार भएका थिए । उनले पेस्तोल तोकेको तस्वीर र भिडियो सामाजिक सन्जालमा भाइरल भएको थियो ।
शाहरुख दिल्लीको थाना उस्मानपुरका बासिन्दा भएको खुलेको छ । उनको घरमा ताला लगाइएको छ । उनका परिवारका सदस्य र साथीहरु पनि फरार भएको जनाइएको छ ।
शाहरुखका बुवा साबिर लागुऔषध माफिया भएको र उनी एक पटक जेल पनि परेको जनाईएको छ ।











