दुई मोटरसाइकल ठोक्किए लगत्तै बसले किच्दा २६ वर्षीय मोहम्मदको मृत्यु

हेटौडा न्युज
२१ फाल्गुन २०७६, बुधबार २३:३७
;

सिराहामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को.३३ प.२०९८ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ३१ प ५८८३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुई वटा मोटरसाइकल ठक्कर खाए लगत्तै बसले किच्दा मोहमद लुतफुर रहमानको घटना स्थलमै मृत्यु भएको हो ।

मोटरसाइकल ठक्कर खाए लगत्तै पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ४ ख ४२६५ नम्बरको यात्रुबाहक बसको पछाडिको चक्काले को ३३ प २०९८ नम्बरको मोटरसाइकल चालकलाई ठक्कर दिँदा मोटरसाइकल चालक जिल्ला सिरहा लहान नगरपालिका-१९ बस्ने २६ वर्षीय मोहम्मदको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं प्रहरी उपरीक्षक जयराज सापकोटाले जनाएको छ । 

३१ प ५८८३ नम्बरको मोटरसाईकल चालक उदयपुरको त्रियुगा नगरपालिका-१४ बस्ने वर्ष २६ को आरजु राई समेत घाइते भएकी छन् । उनको भुमिजा अस्पताल गोलबजारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सप्तरीको राजविराज नगरपालिका-९ बस्ने ४२ वर्षीय  बसका चालक ब्रहमदेव रजकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*