कोरोनाको संक्रमण भएको एक व्यक्ति टेकु अस्पतालबाट फरार

हेटौडा न्युज
२२ फाल्गुन २०७६, बिहीबार १९:३७
;

कोरोना भाईरसको संक्रमण भएको आशंका गरिएका एक व्यक्ति टेकु अस्पतालबाट फरार भएका छन् ।  सुनसरी घर भएका ती युवा दक्षिण कोरियामा कार्यरत थिए । 

तर, ती व्यक्तिलाई त्यहाँ कोरोनाको संक्रमण देखिएको भन्दै  नेपाल फर्काइएको स्रोतले दाबी गरेको छ । नेपाल आएसँगै उनलाई विमानस्थलबाट सिधै बुधबार राति टेकु अस्पताल पुर्याइएको थियो ।  अस्पताल स्रोतका अनुसार अस्पतालमा उनको रगत परीक्षणका लागि  तयारी हुँदै गर्दा उनी  भागेका हुन् । अहिले प्रहरीले उनलाई खोजि गरिरहेको तथा अस्पतालमा यसबारे छलफल चलिरहेको पनि स्रोतले जनाएको छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*