प्रदेशका संरचना निर्माणका लागि सिमेन्ट उद्योगको जग्गा माग गर्ने 

हेटौडा न्युज
२३ फाल्गुन २०७६, शुक्रबार ००:१७
;

बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न संरचना निर्माणका लागि हेटौंडा सिमेन्ट उद्योगको खाली जग्गा उपलब्ध गराईदिन संघिय सरकारलाई आग्रह गर्ने भएको छ ।

बिहिबार बसेको बागमती प्रदेशको मन्त्रिपरिषदको बैठकले प्रदेश सरकार मातहतका विभिन्न निकायको भौतिक संरचना निर्माणका लागि सिमेन्ट उद्योगको खाली जग्गा उपलब्ध गराउन पहल गर्ने निर्णय गरेको हो ।

यसैगरी प्रदेश सूचनाको हक सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने, चालु आर्थिक बर्षको लागि प्रदेश बिषेश अनुदान तर्फका थप योजनाहरु स्विकृत गर्ने निर्णय गरेको छ ।

यस्तै साझा यातायात सहकारी संस्था लिमिटेडमा शेयर लगानीको निर्णय समेत खारेज गर्ने निर्णय गरेको छ । यसअघि साझा सहकारी संस्थासंग मिलेर बस सञ्चालन गर्ने सहमति भएको थियो । तर सहमति अनुसार काम नभएको भन्दै सहमति खारेज गर्ने निर्णय गरेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*