‘हात र गला मिलाउने संस्कार छाडेर नमस्कार गर्ने बानी बसालौं, तपाईं भन्ने बानी बसालौं’
सांसदले नमस्कार गर्ने बानी बसाल्न आग्रह गरेका छन् । कोरोनाका कारण हात मिलाउनुको सट्टा नमस्कार गर्न चौतर्फी अपिल भइरहेका बेला सांसदले समेत यस्तो आग्रह गरेको हो ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले नमस्कार गर्ने बानी बसाल्नुपर्ने बताएका छन् ।
‘हात र गला मिलाउने संस्कार छाडेर नमस्कार गर्ने बानी बसालौं । कर्मचारीबाट हजुर र दरबारिया शब्दको सट्टा तपाईं भन्ने बानी बसालौं । हप्ताको २ पटक राष्ट्रिय पोशाक लगाएर संसद्मा आउने गरौं,’ उनले संसद्मा प्रस्ताव गरे ।