सुपरमार्केटको आइसक्रिम चाटेर फेरि र्‍याकमा राख्ने युवकलाई ३० दिनको जेल र २ हजार डलर जरिवाना

हेटौडा न्युज
२४ फाल्गुन २०७६, शनिबार २२:३६
;

 अमेरिकी नागरिक २४ वर्षीय डी एड्रियन एण्डरसनलाई खाद्य पदार्थ दुषित बनाएको आरोपमा ३० दिन जेल र २००० डलर जरिवाना सुनाइयो ।  एण्डरसनमाथि ह्युसन सहरभन्दा १४५ किमी टाढा पोर्ट आर्थरस्थित बालमार्ट सुपरमार्केटमा आइसक्रिम चाटेर पुन स्टोरको फ्रिजमा राखेको आरोप थियो । 

जेल र जरिवानाको अतिरिक्त आरोपीलाई ६ महिनासम्म उक्त स्टोर प्रवेशमा प्रतिबन्ध लगाइएको छ । साथमा उनले १०० घण्टा समाजसेवी काममा गर्नुपर्नेछ । 
आरोपीको अगस्ट २६ मा यो काम गरेका थिए । उनले यसको भिडियो पनि बनाएका थिए । त्यस समय त्यस क्षेत्रको किशोर र युवामाझ डिमार्टमेन्ट स्टोरका आइसक्रिम चाटेर पुनः फ्रिजमा राख्ने ट्रेण्ड चलेको थियो । 

प्रहरीले उक्त कार्य रोक्नलाई विशेष अभियान नै संचालन ग¥यो । त्यस क्रममा उक्त ट्रेण्ड सुरु गर्ने एक किशोर पक्राउ परे । 

उनीपछि एण्डरसन पक्राउ परेका हुन् । किशोर बालिक भएकाले सजाय पाउनबाट बचे भने एण्डरसनले भने आफ्नो कृत्यको भिडियो खिचेर फेसबुकमा पोष्ट गरेकाले पक्राउ परेका थिए । 

डिपार्टमेन्टस्टोरको सीसीटीभीमा पनि एण्डरसनको कार्यको फूटेज खिचिएपछि आइसक्रिम कम्पनी ‘ब्लू बेल क्रिमर्स’ले स्टोरका सबै आइसक्रिम बदलेको थियो । 

त्यस क्रममा भएको सम्पूर्ण खर्च एण्डरसनले तिर्नुपर्ने अदालतले फैसला गरेको छ । 

मिडियाका अनुसार यस मुद्दामा एण्डरसनलाई यो वर्षको सुरुमा पक्राउ गरिएको थियो । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*