अष्ट्रेलियाका गृहमन्त्री डटनलाई कोरोना संक्रमण 

हेटौडा न्युज
३० फाल्गुन २०७६, शुक्रबार १९:३८
;

अष्ट्रेलियाका गृहमन्त्री कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । अष्ट्रेलियन गृहमन्त्री पिटर डटनलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएसंगै अष्ट्रेलिया सरकारका सदस्यमा संक्रमण देखिएको पहिलो सदस्य हुन् ।

गृहमन्त्री डटनका अनुसार शुक्रबार विहान आफू उठ्दा ज्वरो आएको र घाँटी दुखेको र तुरुन्तै क्वीन्सल्याण्ड स्वास्थ्य विभागमा सम्पर्क गरेर कोरोना भाइरस संक्रमण परीक्षण गराएका उनमा कोरोना भाइरस पोजेटिभ रिपोर्ट देखिएको हो ।

संक्रमणको पुष्टिसंगै गृहमन्त्री डटनलाई अस्पताल भर्ना गरीएको छ । एक विज्ञप्तिमा उल्लेख भए अनुसार गृहमन्त्री डटनको स्वासथ्य अवस्था अहिले ठीक रहेको बताइएको छ ।

मंगलबार मन्त्रिपरिषद बैठकका लागि गृहमन्त्री डटन राजधानी सिड्नी गएका थिए । त्यतिबेला प्रधानमन्त्री स्कट मोरिसन र मन्त्रिपरिषदका अन्य सदस्यसँग बैठक गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*