आफ्नै छोरामाथि बञ्चरो प्रहार गर्ने अफ्रिकाका राजा पक्राउ
दक्षिण अफ्रिकाको अबा थेम्बुका विवादास्पद राजालाई पक्राउ गरिएको छ । परिवारका सदस्यलाई बन्चरोले आक्रमण गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
यो परम्परागत वंश नेल्सन मण्डेलाले स्थापना गरेका थिए । आक्रमणमा परेका राजपरिवारका सदस्य नेल्शन मण्डेलाका भतिजा हुन् ।
दक्षिण अफ्रिकी प्रहरीले राजा बुयलेखाया डालिन्डेबोलाई सम्पत्तिमा क्षति पुर्याएको र आक्रमण गरेको पुष्टि गरेको छ ।
उनले छोरा अजेनाथीलाई आक्रमण गरेका थिए । यी दुईबीचको सम्बन्ध त्यती राम्रो नभएको डेली मेलले जनाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार जेलबाट छुटेका उनी आफ्ना छोराको खोजीमा थिए । उनका छोरा झ्यालबाट फाल हानेर भाग्न सफल भए पनि उनकी पत्नी भने घाइते भएकी छन् ।
राजा डालिन्डेबोले आफ्नो छोराले आफैंलाई नेताको उत्तराधिकारीको रुपमा उभ्याएकोमा बिरोध गर्दै आएका थिए ।एजेन्सी