चीनपछि कोरोना महामारीको नयाँ केन्द्रबिन्दु युरोप

हेटौडा न्युज
१ चैत्र २०७६, शनिबार १८:४७
;

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको अबको केन्द्रबिन्दु युरोप भएको जनाएकाे छ । डब्ल्यूएचओका प्रमुख डा टेड्रोस एड्हानोमले चीनपछि अबको केन्द्रबिन्दु युरोप बनेको बताए। उनले संक्रमणविरुद्ध आक्रामक भएर प्रस्तुत हुन पनि विश्वसमुदायलाई अपिल गरेका छन् ।

पछिल्लो समय इटालीमा तीव्र गतिमा फैलिरहेको कोरोना संक्रमण र त्यहाँ दिनहुँ ठूलो संख्यामा भैरहेको मृत्युका कारण डब्ल्यूएचओले युरोपलाई कोरोनाको चीनपछिको अर्को ठूलो केन्द्रबिन्दु बनेको बताएको हो ।

डा टेड्रोसले याे दर दिनप्रतिदिन भयावह रुपमा बढ्दै गएको बताए । युरोपेली मुलुक इटालीपछि सबैभन्दा बढी कोरोनाको संक्रमण स्पेनमा देखिएको छ ।

डब्ल्यूएचओका अनुसार इटालीमा पछिल्लो २४ घण्टामा २५० जनाले ज्यान गुमाएका छन् । यो हालसम्म कुनै पनि मुलुकमा बितेको एक दिनमा भएको सबैभन्दा ठूलो मृत्युको संख्या हो । इटालीमा हालसम्म १२६६ जनाको मृत्यु भइसकेको छ भने १७ हजार ६ सय ६६ जनामा संक्रमण देखा परेको छ ।

यस्तै स्पेनमा १३३ जनाको मृत्यु भएको छ भने ५ हजार २ सय ३२ जनामा संक्रमण देखा परेको छ । फ्रान्समा ७९ जनाको मृत्यु भएको छ भने ३६६१ जनामा संक्रमण फेला परेको छ । जर्मनीमा पनि ३६७५ जनामा संक्रमण भेटिँदा ८ जनाको मृत्यु भइसकेको छ। यो दर हेर्दा युरोपमा कोरोना संक्रमण तीव्र गतिमा बढीरहेको देखिन्छ ।

कोरोनाको संक्रमण हालसम्म १४५ देशमा देखा परेको छ भने यसबाट कुल १ लाख ४५ हजार जना संक्रमित भएका छन्। कोरोनाका कारण हालसम्म ५ हजार ४ सय ३६ जनाको मृत्यु भैसकेको छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*