दुर्घटना परि एकै परिवारका ४ पुरुष ६ महिला र एक बच्चाको मृत्यु, मोदीद्वारा दुःख व्यक्त

हेटौडा न्युज
१ चैत्र २०७६, शनिबार १८:५६
;

भारतमा शनिबार बिहान भएको दुर्घटनामा एकै परिवारका ११ जनाको मृत्यु भएको छ । ट्रली र बोलेरो एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा  ११ जनाको घटनास्थलमै हो  ।

दुर्घटनामा तीनजना घाइते भएका छन् । यो परिवार नवविवाहित जोडीसहित रामदेवरा दर्शनका लागि निस्केको थियो ।

ठक्कर दिएपछि बोलेरो ट्रलीको मुनी थिचिएको छ । मृतकहरुमा ४ पुरुष ६ महिला र एक बच्चा छन् । घाइतेहरुको जोधपुरको अस्पतालमा उपचार भइरहेको छ।

शनिबार बिहान ९ बजे यो दुर्घटना भएको भारतीय प्रहरीले जनाएको छ । प्रहरीले क्रेनको सहयोगमा ट्रलीलाई हटाएको छ । त्यसपछि बोलेरोमा फसेका व्यक्तिहरुलाई निकालिएको थियो ।

बालोतरा नजिकै कानोना गाउँका विक्रम र सीताको फरवरी २० मा विवाह भएको थियो । दुर्घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन् ।

""
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*