कोरोना भाईरसबारे गलत सूचना फैलाउने एकजना पक्राउ
नोभेल कोरोना भाइरस अर्थात् कोभिड-१९ बारे गलत सूचना फैलाउने एकजना केन्याका नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
कोरोनाबारे गलत सूचना फैलाएर जनतालाई भ्रम पार्ने २३ वर्षीय इलिजा मुथुइ किटोन्योलाई पूर्वी केन्याको विंगी सहरबाट प्रहरीले पक्राउ गरेको हो ।
उनले कोरोना भाइरसको पहिलो संक्रमितका बारेमा सरकारले भ्राम सूचना दिएको दाबी गर्दै सूचना फैलाएका थिए ।
फेक ट्विट एकाउन्टबाट गरिएको ट्विटमा भनिएको छ, "केन्यामा देखिएका कोरोना संक्रमित सरकरले भनेजस्तो अमेरिकाबाट लन्डन हुँदै नआएको र रोमबाट आएका थिए ।"
उनले गरेको यो ट्विट सामाजिक सञ्जालका प्लेटफर्मा भाइरल भएको थियो ।
स्रोत: बीबीसी