१९ वर्षीय किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा २८ वर्षीय थापा पक्राउ

हेटौडा न्युज
३ चैत्र २०७६, सोमबार २१:१४
;

१९ वर्षीय किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीले कोहलपुर नगरपालिका-२ आनन्दनगर बस्ने २८ वर्षीय चित्रबहादुर थापालाई पक्राउ गरेको हो । 

थापाले घरसम्म पुर्‌याइदिन्छु भन्दै किशोरीलाई भे १ च २२९७ नम्बरको भ्यानमा राखी वैजनाथ गाउँपालिका(४ गाबरस्थित होमस्टेमा लगेर जबर्जस्ती करणी गरेको आरोप लागेको छ । 

उनलाई इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले उनीविरुद्ध जबर्जस्ती करणीसम्बन्धीको कसूरमा अनुसन्धान थाल्ने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*