कोरोनाको संक्रमणबाट स्पेनी फुटबल प्रशिक्षकको मृत्यु
स्पेनी फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । स्पेनिस सञ्चार माध्यमका अनुसार फ्रान्सिस्को गार्सियाको २१ वर्षको उमेरमा मृत्यु भएको हो ।
फ्रान्सिस्कोले सन् २०१६ बाट मालागास्थित एट्लेटिको पोर्टाडा अल्टा क्लबको जुनियर टिमको प्रशिक्षण सम्हालेका थिए । क्यान्सर पीडित फ्रान्सिस्कोलाई भाइरसको संक्रमण समेत देखिएको जनाइएको छ । कोरोनाको संक्रमण देखिएपछि उनलाई अस्पतान पुर्याइएको थियो । उनको अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।
कोरोनाकै कारण स्पेनका सबै खेल गतिविधिहरु स्थगित भइसकेका छन् । स्पेनमा हालसम्म ९ हजार १९० व्यक्ति कोरोनाबाट संक्रमण देखिएका छन् भने ३०९ जनाको ज्यान गएको छ । एजेन्सी