कोरोना भाईरसको संक्रमणबाट मुम्बईमा एकजनाको मृत्यु 

हेटौडा न्युज
४ चैत्र २०७६, मंगलवार १८:०५
;

कोरोनाभाइरस (कोभिड–१९) का कारण मङ्गलबार मुम्बईमा एकजनाको मृत्यु भएको छ। दुबईबाट फर्केका एक ६४ वर्षीयको मृत्यु भएको जनाइएको हो।

उनलाई हिन्दुजा अस्पताल लगिएकोमा पछि कस्तुर्बा अस्पतालमा आइसोलेसनमा सारिएको थियो। उनको पत्नी र छोरामा पनि कोभिड–१९ परीक्षण पोजिटिभ देखिएको छ।

भारतमा मङ्गलबार बिहानसम्म १२५ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मङ्गलबार मध्यदिनसम्म विश्वभर १ लाख ८२ हजार ७२५ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने ७ हजार १७४ जनाले यसबाट ज्यान गुमाइसकेका छन्। यससँगै ७९ हजार ८८३ जना भने निको भइसकेका छन्। एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*