निर्भया काण्डः फाँसीबाट बच्न नयाँ चाल, दोषीकी पत्नीले मागिन् सम्बन्ध बिच्छेद
भारतको राजधानी नयाँ दिल्लीको बहुचर्चित निर्भया सामुहिक बलात्कार काण्ड र हत्या मामिलामा फाँसीको सजाय पाएका दोषीहरु फाँसीबाट बँच्नको लागि बिभिन्न नयाँ तरिकाहरु अपनाइरहेका छन् । तर त्यसबाट उनीहरुलाई सफलता मिल्न सकेको छैन ।
चार दोषी मध्ये एक अक्षयकी श्रीमतीले आफू विधवाको रुपमा जीवन बिताउन नचाहेको भन्ने आधारमा अक्षयसँग सम्बन्ध बिच्छेदको माग गरेकी छन् ।
२० मार्च विहान साँढे पाँच बजे निर्भयाका चारै दोषीहरुलाई तिहाड जेलमा फाँसी दिइँदै छ । अक्षयकी श्रीमतीले बिहारको औरंगाबाद अदालतमा दर्ता गरेको सम्बन्ध बिच्छेद याचिकामा सारा जीवन दुष्कर्मीको श्रीमतीका रुपमा बिताउनु परेको भन्दै सम्बन्ध बिच्छेदको माग गरेकी हुन् ।
त्यति मात्र होइन, अक्षयकी पत्नीले अर्जीमा उनका पति निर्दाेष भएको लेखेकी छन् । त्यसैले उनी पतिलाई मारेर विधवा बन्न नचाहेको बताएकी छन् ।