कोरोनाको संक्रमणबाट भारतमा पाचौँ व्याक्तिको मृत्यु, २०६ जना संक्रमित

हेटौडा न्युज
७ चैत्र २०७६, शुक्रबार २०:०७
;

भारतमा कोरोना भाइरस फैलिँदै गएको छ। पछिल्लो पटक कोरोना संक्रमित एकजनाको राजस्थान राज्यमा मृत्यु भएको छ। कोरोना भाइरस संक्रमित इटालीका पर्यटक ६९ वर्षीय एन्ड्री कार्लीको शुक्रवार उपचारका क्रममा ज्यान गएको हो।  

एन्ड्री २९ फेब्रुअरीदेखि जयपुरको सवाई मानसिंह अस्पतालको आइसोलेसन वार्डमा उपचाररत थिए। २ मार्चमा एन्ड्रीको रिपोर्टमा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो।

उपचारका क्रममा डाक्टरले दोस्रो पटक उनको नमुना पठाएका थिए। १५ मार्चमा यसको रिपोर्ट नेगेटिभ आएको थियो। एन्ड्री भारतमा कोरोना संक्रमित पाइएका पहिलो विदेशी थिए।

एन्ड्रीमा संक्रमणको रिपोर्ट नेगेटिभ आएपछि पत्नीले इटाली दूतावासबाट जयपुरको फोर्टिस अस्पतालमा भर्ना गर्ने अनुमति मागेकी थिइन्। त्यसपछि एन्ड्रीलाई फोर्टिसमा लगिएको थियो। त्यसबेला उनको अवस्था ठिक थिएन। उनी भेन्टिलेटरमा थिए।

एन्ड्री इटालीका ती पर्यटक टोलीका सदस्य थिए जसका १६ जनालाई कोरोना भएको थियो। एन्ड्रीपछि उनकी पत्नीलाई पनि कोरोना संक्रमण भएको थियो। तर एन्ड्रीकी पत्नीको दोस्रो रिपोर्ट पनि नेगेटिभ नै आएको थियो। अहिले उनी स्वस्थ भइसकेको चिकित्सकहरुले बताएका छन्।

 भारतमा कोरोना भाइरसबाट अहिलेसम्म ५ जनाको ज्यान गइसकेको छ। यसअघि ज्यान गुमाएका ४ जना भारतीय नागरिक थिए। भारतमा कोरोना फैलिँदै गएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले यही आइतवार देशभर जनता कर्फ्यूु घोषणा गरेका छन्। अहिलेसम्म भारतमा २०६ जना कोरोना संक्रमित भेटिएका छन्।  एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*