बच्चा जन्मिएलगत्तै कोरोनाको संक्रमण भएर आमाको मृत्यु

हेटौडा न्युज
८ चैत्र २०७६, शनिबार २१:०२
;

पोल्यान्डमा एक २७ वर्षीया स्वस्थ महिलाले बच्चालाई जन्म दिएलगत्तै कोरोना संक्रमण भएर मृत्यु भएको छ। नाम सार्वजनिक नगरिएकी ती महिलासहित पोल्यान्डमा मृत्यु हुनेको संख्या ६ पुगेको छ। 

यति कम उमेरमा कोरोना संक्रमण भएर मृत्यु भएकी उनी पहिलो महिला भएको मानिएको छ। ती महिलालाई आफ्नै आमाबाट कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ। उनकी आमा भर्खर इटालीको भ्रमण गरेर फर्किएकी र उनैबाट छोरीमा कोरोना संक्रमण भएको आशंका गरिएको छ। 

पोल्यान्डका संचार माध्यमहरुले ती महिलाले जन्माएको बच्चा स्वस्थ रहेको बताएका छन्। एएनआई

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*