कैलालीमा विस्फोट, एकजनाको मृत्यु

हेटौडा न्युज
९ चैत्र २०७६, आईतवार १९:५१
;

कैलालीमा विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका–४ को विकट क्षेत्र फुलबस्तीमा विस्फोट भएको हो ।

विस्फोटमा परी अन्दाजी ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको छ । कैलाली प्रहरीको अनुसार घटनास्थलतर्फ प्रहरी टोली गएको जनाएको छ । 

प्रहरीका अनुसार विकले गाउँमा तामाको वस्तु फेला पारी पगाल्ने क्रममा पड्किएको बताएको छ ।

यद्यपि, उक्त वस्तुमा विस्फोटक पदार्थ के थियो भन्ने एकिन भएको छैन् ।  घटनास्थलमा पुगेपछि मात्रै थप कुरा थाहा हुने प्रहरीको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*