कञ्चनपूर जिल्ला लक डाउन, बेवास्ता गरे सुरक्षाकर्मीले कारवाही गर्ने

हेटौडा न्युज
९ चैत्र २०७६, आईतवार २३:५१
;

आइतबार राति १२ बजेदेखि घरबाहिर निस्कन जिल्ला प्रशासन कार्यालय कञ्चनपूरले प्रतिबन्ध लगाएको छ । प्रशासन कार्यालयको आइतबार बसेको बैठकले सर्वसाधारण नागरिकलाई आकस्मिक बाहेकका कामले घरबाहिर ननिस्कन आह्वान गरेको छ ।

प्रसाशन कार्यालयले सूचनाको बेवास्ता गरी घरबाहिर निस्किए सुरक्षाकर्मीले कानून बमोजिम कारबाही गर्न सक्ने बताएको छ । 

प्रशासनले आइतबार रातिदेखि खाद्यान्न, दूध, औषधि, पानी, पेट्रोलियम पदार्थ र उद्धार तथा राहतको काममा संलग्न यातायातबाहेक सबै प्रकारका पसल, ब्यवसाय, उद्योग, कलकारखाना बन्द गराउन पनि प्रशासनले आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले आइतबार रातिदेखि जिल्ला पुरै  ‘ लक डाउन’ हुने बताएका हुन् । आइतबार भीमदत्त नगरपालिका, जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीहरूको बैठकले गड्डाचौकी नाका भने मंगलबार मात्र बन्द गर्ने निर्णय गरेको छ ।

अहिले नै नाका बन्द गर्दा भारतबाट घर फर्किनेहरुलाई समस्या पर्ने हुनाले दुई दिनपछि मात्र नाका बन्द गर्न लागिएको प्रजिअ खतिवडाले बताए ।

""

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*