वीरगन्जमा एक जनामा कोरोना संक्रमणको पुष्टि

हेटौडा न्युज
१० चैत्र २०७६, सोमबार ०१:२७
;

वीरगंजका एक ब्याक्तीमा कोरोना संकमण भएको पुष्टि भएको छ । वीरगञ्जकाका उद्योगी शिव रुगटालाई कोरोना संक्रमण भएको हो ।

रुगटालाई पटना मेडिकल कलेजले कोरोना पुष्टि भएको  जनाएको छ । वीरगञ्ज आदर्शनगर स्थायी घर भएका ६७ बर्षिय शिवकुमार रुगटालाई कोरोना भाईरस संक्रमण देखिएको पारिवारिक श्रोतले जनाएको छ।

भारतको बिहार राज्यस्थित पटनाको पिएमसिएच अस्पतालमा उपचारत रुगटाको उपचारको क्रममा कोरोनाको संक्रमण देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका हुन ।

रुगटालाई कोरोना संक्रमणको पुष्टि संगै रुगटाको परिवारलाई होम क्वारेन्टाइनमा राखिएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीले जानकारी दिएका छन ।

रुगटाको दुवै मृगौला काम नलाग्ने भएपछि श्रीलंकामा यसअघि नै प्रत्यारोपण गरिएको थियो। २५ दिन पहिले कलकत्ता पुगेका रुगंटा कलकत्ता हुँदै दिल्ली पुगेका थिए। 

वीरगञ्ज फर्केपछि गत चैत्र ३ गते ज्वरो आएपछि उपचारका लागि भारतका पटना पुगेका रुगटालाई पटना मेडिकल कलेजले कोरोनाको संक्रमण देखिएको पुष्टि गरेको पारिवारिक श्रोतले जनाएको छ।

आज नै पटनामा कोरोना संक्रमणबाट एक व्यक्तिले ज्यान गुमाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*