दोस्रो रिपोर्टबाट वीरगञ्जका रुगंटामा कोरोना संक्रमण नभएको पुष्टि

हेटौडा न्युज
१० चैत्र २०७६, सोमबार ०५:०४
;

वीरगंजका शिवकुमार रुगंटाको दोस्रो रिपोर्ट मस्र्फत रुगंटालाई कोरोनाको संक्रमण नभएको पुष्टि भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा भारतको पटनास्थित अस्पतालमा भर्ना गरिएका रुगंटाको दोस्रो रिपोर्टबाट संक्रमण नदेखिएको पुष्टि भएको हो ।

यस अगाडि पहिलो परीक्षणमा कोभिड–१९ पोजेटिभ देखिएको भएपनि ल्याबको नतीजामा नेगेटिभ आएको पटना अस्पतालका चिकित्सकले जानाएका छन ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतका अनुसार वीरगञ्जका व्यापारी रुगंटामा कोरोना संक्रमण नभएको बताएका छन ।

पटना मेडिकल कलेज अस्पतालले आइतबार राति ९ : ३० बजे रुगंटाको परिवारलाई दिएको दोस्रो नमूना परीक्षणको नतिजा नेगेटिभ देखिएको हो ।

कोरोनाको आशंकामा पटना मेडिकल कलेजमा भर्ना भएको रुगंटाको स्वाब परीक्षणका लागि पटनास्थित इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चअन्तर्गत रहेको राजेन्द्र मेमोरियल रिसर्च इन्स्टिच्युट अफ मेडिकल साइन्सेजमा पठाइएको थियो। 

""

इन्स्टिच्युटको भाइरोलोजी ल्याबका अनुसन्धान वैज्ञानिक डाक्टर सुशील कुमारले तयार पारेको रिपोर्टमा स्पष्टसँग रुंगटाको नमुना परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको लेखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*