‘विप्लव’ का दाई जयन्द्र चन्दसहित छ जना पक्राउ 

हेटौडा न्युज
१० चैत्र २०७६, सोमबार १६:५०
;

प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का दाइ जयेन्द्र चन्दसहित छ जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर जावलाखेलबाट खटिएको विषेश टोलीले विप्लव समूहका छ जनालाई पक्राउ गरेको हो । 

परिसर प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार विप्लवका दाइसहित छ जनालाई पक्राउ गरिएको हो ।  पक्राउ परेका चन्द विप्लव समूहको नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय अध्यक्ष हुन्।

प्रहरीले गएराती विप्लवको दाईसहित विनोद चन्द, प्रेम कृष्ण, कमल सुनार, अनिल मगर र कृष्ण मगरलाई पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*