सरकारको लकडाउन कार्यान्वयनमा मकवानपुर प्रशासन कमजोर

नेपाल सरकारले चैत ११ गते मंगलबार -आज_ विहान ६ बजेबाट लागु हुने गरी पुरै देश नै लकडाउन गर्ने निर्णय गरेको थियो । सरकारको निर्णय अनुसार अत्यावश्यक सेवा बाहेकका कुनै पनि सेवा तथा सवारी चल्न पाउदैनन् ।
तर मकवानपुरको हेटौंडा तथा अन्य अन्य स्थानिय क्षेत्रमा निर्वाध रुपमा सवारी आवागमा तथा मानिसहरुको आवतजावत बाक्लै देखिएको छ । बागमती प्रदेशको राजधानी समेत रहेको मकवानपुरको हेटौंडामा भने सरकारको यस निर्णयलाई अवज्ञा गरीएकोख पाइएको छ ।
चोक चोकमा प्रहरी खटाइए पनि सडकमा मोटरसाईकल, अटो, जीप, कार भ्यान, ट्रक, टिपरहरु समेत गुडिरहेका छन् । सरकारको निर्णय अनुसार बजार क्षेत्रमा चहलपहल बन्द हुनु पर्ने हो तर बजारमा अत्यावश्यक पसलहरुको साथै अन्य पसलहरु पनि खुलेका छन् ।
प्रहरीले केहि दुईपांग्रे मोटरसाईकललाई रोकेर सोधपुछ गरेपनि निजी कार, जीपहरु प्रहरीले रोक्ने नगरेको पाइएको छ ।
लकडाउन कडाइका साथ कार्यान्वयन गराउन गृह मनत्रालयले निर्देशन समेत दिइसकेको छ ।
सरकारको निर्णयलाई आम नागरिकले अटेर गरेका हुन् या प्रशासनले सरकारको निर्णयलाई पूर्ण कार्यान्वयन गराउन नसकेको हो भन्ने प्रश्न खडा भएको छ ।
सरकारको लकडाउनको निर्णयलाई कार्यान्वयन गराउने क्रममा रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले दाबी गरेका छन् ।
विश्वलाई नै चुनौति र आतंकित पारिरहेको कोरोना संक्रमण नफैलियोस् भन्दै नेपालले पनि सजगता अपनाईरहेको बेला यसरी आम नागरिकले पनि आफ्नो कर्तव्य नबुझ्ने र प्रशासनले पनि सरकारको लकडाउनलाई गम्भीरतापूर्वक कार्यान्वयन नगराउने हो भने संक्रमणको जोखिम बढ्ने प्राय निश्चित छ ।