अमेरिकामा चारजना नेपालीलाई कोरोनाको संक्रमण, दुईको अवस्था गम्भिर 

हेटौडा न्युज
११ चैत्र २०७६, मंगलवार १८:१२
;

अमेरिकामा चार जना नेपालीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । चारजना मध्ये ३ जना न्युयोर्कको ज्याक्सन हाइट निवासी रहेका छन् भने एक जना भर्जिनिया राज्यकी बासिन्दा रहेक िछिन् । 

न्युयोर्कका संक्रमित दुई जनाको अवस्था गम्भीर रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए)—अमेरिकाका जनसम्पर्क समिति सदस्य गोकुल बानियाँले जनाएको छ । ज्याक्सन हाइट (न्युयोर्क) बसोबास गर्ने उनीहरु तीन दिनदेखि एल्महस्र्ट अस्पतालको भेन्टिलेटरमा उपचाररत छन् ।

‘ज्याक्सन हाइटका ३ नेपालीमा कोरोना संक्रमण देखिएको हो । ती सबै पुरुष हुन् । तीमध्ये ४७ र ५० वर्षीयको अवस्था गम्भीर रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । ‘न्युयोर्ककै अर्का संक्रमित ५५ वर्षीयको अवस्था सामान्य छ रहेको बानियाँले जनाएको छ ।  उनका अनुसार उपचाररत ४७ वर्षीय नेपाली पुरुष उबर चालक हुन् ।

५० वर्षीय नेपालीमा ५ दिन अगाडि कोरोना भाइरस ९कोभिड—१९० देखिएको थियो। उनमा कोरोना संक्रमण देखिएपछि परिवार सदस्यहरुको पनि स्वास्थ्य परीक्षण गरिएको छ । रिपोर्टको पर्खाइमा रहेका उनीहरु हाल घरमै ‘सेल्फ आइसोलेसनमा’ बसिरहेका छन् ।

एनआरएनए अमेरिकाका जनसम्पर्क समिति सदस्य बानियाँका अनुसार भर्जिनियाकी ३८ वर्षीय नेपाली महिलामा २ दिन अगाडि कोरोना भाइरस पोजिट देखिएको हो । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*