लकडाउन कार्यान्वयन नभएपछि कर्फ्यू
कोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले गरेको लकडाउन कार्यान्वयन नभएपछि जुम्लामा कर्फ्यू जारी भएको छ । कोरोनाको रोगथामको लागि उच्च सतर्कता अपनाउन कर्फ्यू जारी गरेको जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे बताएका छन् ।
।
प्रमुख जिल्ला अधिकारीले जारी कर्फ्यूमा औषधि उपचार, खाद्यन्न अपूर्ति र अत्यावश्यक काममाबाहेक बाहिर ननिस्कन आदेश गरिएको छ ।
कर्फ्यू जारी गरेपछि अहिले जुम्ला सदरमुकाम बन्द भएको छ । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञामा अतिआवश्यक औषधि र खाद्यबस्तु खरिद गर्न बिहान ७ बजेदेखि ९ बजेसम्म र दिउँसो ४ बजेदेखि ६ बजेसम्म समय निर्धारण गरिएको छ ।










