पोखरेलको गीत सुनेर रसाए अमेरिकन आइडलका जजका आँखा

हेटौडा न्युज
११ चैत्र २०७६, मंगलवार २०:४४
;

अमेरिकन आइडलमा भाग लिइरहेका नेपाली मुलका कन्टेस्टेन्ट दिवेश पोखरेललाई निर्णायकहरूले उठेर सम्मान गरेका छन्।  अमेरिकन आइडलको यो एपिसोडमा दिवेशले ब्याण्डसँग गीत गाउने तयारी थियो।

उनले गरेको संगित एरेन्जमेन्ट ब्याण्डले समय अभावका कारण तयार गर्न सकेन त्यसैले उनले एउटा गितार लिएर स्टेजमा गाउन गए। उनले क्रिडेन्स क्रियरवाटर रिभाइभल ब्याण्डको ‘ह्याभ यु इभर सिन द रेन’ गाए।

उनको गीत सुनेर तिनै निणायकले स्ट्यान्डिङ अभिएसन दिए। निर्णायकमध्ये लियोनेल रिचीले आँशु पुछ्दै भने ‘यसले मलाई भावुक बनायो।’

२१ वर्षका दिवेश काठमाडौंमा जन्मिएका हुन। अहिले उनी अमेरिकाको विचिता सहरमा बस्छन्।

अमेरिकन आइडलमा उनको अडिसन र यसअघिको एपिसोडमा गाएको गीत युट्युबमा हिट भइरहेको छ।  एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*