एकैदिनमा १ सय ७ जनामा कोरोनाको संक्रमण, ७ जनाको मृत्यु 

हेटौडा न्युज
११ चैत्र २०७६, मंगलवार २१:१८
;

इन्डोनेसियामा एकै दिन १०७ जना नयाँ संक्रमित फेला परेका छन् भने ७ जनाको मृत्यु भएको छ । यो इन्डोनेसियामा अहिलेसम्मकै ठूलो संख्याको वृद्धि हो । 

दक्षिणपूर्वी मुलुक इन्डोनेसियामा हालसम्म ६८६ संक्रमित र ५५ जनाको मृत्यु भएको इन्डोनेसियाका स्वास्थ्य मन्त्रालयका अधिकारीले जानकारी दिएका छन् । 
इन्डोनेसियामा हालसम्म ३० जनाको उपचारपछि घर फर्काइएको बताइएको छ । – रोयटर्स

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*