चिनको वुहानमा लकडाउन हटाईने
नोभेल कोरोना भाइरस अर्थात् कोभिड-१९ का कारण चीनको हुबेइ लकडाउन गरिएकोमा बुधबारदेखि हटाइने भएको छ । कोरोना इपिसेन्टर वुहानबाहेक हुबेइका अन्य सहरमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरिएको चिनियाँ अधिकारीहरुले बताएका छन् ।
चीनले कोरोना प्रकोपलाई नियन्त्रणमा लिएको दाबी गरेसँगै हुबेइको लकडाउन हटाइने भएको हो । पछिल्लो समय वुहानमा एकजना बाहिरबाट आएका व्यक्तिमा मात्रै कोरोना संक्रमण देखिएको र स्थानीय रुपमा संक्रमण भएका व्यक्ति नभेटिएको र भेटिए पनि न्यून भएको बताइएको छ ।
यद्पि स्थानीय तथा विश्लेषकहरुले भने केही अस्पतालहरुले कोरोना जाँच गर्न छोडेको र कोरोना संक्रमितको संख्या कम गराएको तथा कोरोना संक्रमित नभएको हल्ला फैलाएको दाबी गरिरहेका छन् ।
हुबेइ प्रान्त सरकारले मंगलबार वुहानबाहेकको क्षेत्रको आवतजावत सहज बनाइने र प्रतिबन्ध हटाइने बताएका हुन् । उनले प्रतिबन्ध हटाउने प्रावधान मंगलबार राति १२ बजेपछि लागु हुने जानकारी गराएका हुन् । वुहानमा भने ८ अप्रिलमा मात्रै लकडाउन हटाइने प्रान्त सरकारले जनाएको छ ।
वुहानका केही स्थानीयहरु सोमबार घरको कम्पाउन्ड छोडेर किनमेलका लागि गएको र सडकमा निस्किएको देखिन्थे । वुहान र केही छिमेकी सहरहरुमा २३ जनवरीदेखि कडा लकडाउन घोषणा गरिएको थियो । जुन मानव इतिहासको सबभन्दा ठूलो लकडाउन भएको घोषणा गरिएको थियो । – दी गार्जियन