भ्रामक र अपुष्ट समाचार सम्प्रेषण गर्ने १७ सञ्चारमाध्यमलाई कारवाही
भ्रामक र उत्तेजक शीर्षक राखी अपुष्ट समाचार सम्प्रषण गरेको भन्दै १७ सञ्चारमाध्यमलाई प्रेस काउन्सिल नेपालले कारवाही गरेको छ । काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठका अनुसार अनलाइन, टिभी र पत्रिका गरी काउन्सिलले ती मिडियालाई कारवाही गरेको हो ।
दर्तै नभई सञ्चालनमा रहेका ७ वटा अनलाइनलाई नेपालभरि हेर्न नमिल्ने बनाइएको छ । पत्रकार आचारसंहिता विपरीत ती सामग्री हटाउन निर्देशनसमेत दिएको उनले बताए । कारवाहीमा परेका सञ्चारमाध्यमहरुलाई २४ घण्टे स्पस्टीकरणसमेत सोधिएको छ ।