आइसोलेसनमा राखिएका युवकको मृत्युको कारण अटो इम्युन डिजिज

११ चैत्र २०७६, मंगलवार २२:०६
चितवनको भरतपुरस्थित रहेको कोरोना विषेश अस्पतालमा उपचार गराइरहेका युवकको मृत्यु हुनुको कारण कोरोना नभएको खुलेको छ ।
वीरगञ्जका ३० वर्षीय सन्तोष यादवको ज्यान जानुको कारण कोरोना नभएर अटो इम्युन डिजिज रहेको टेकु प्रयोगशालाले जनाएको छ ।
यादवको उपचारका क्रममा ज्यान गएको भरतपुरस्थित रहेको कोरोना विशेष अस्थाई अस्पतालले जनाएको छ । यादवको स्वाबको नमुना संकलन गरी परीक्षणका लागि टेकु ल्याइएको थियो ।