भारतबाट आएका एकजनाको मृत्यु
हेटौडा न्युज
१२ चैत्र २०७६, बुधबार १७:३९
भारतबाट घर आएका एक जनाको मृत्यु भएको छ । गुल्मीको मालिका गाउँपालिका वडा नम्वर–७, साविक घमिर गाविस वेदथलाका ६३ बर्षीय केयरसिंह बिश्वकर्माको भारतबाट घर आएको दशौं दिनमा मृत्यु भएको हो ।
दमको रोगले बिरामी परेर घर आएका उनलाई कोरोेना भाइरसको संक्रमण हुनसक्ने आशंका गरिएको भए पनि उनी लामो सयमदेखि दमले थलिएका र त्यसको कारण उनको मृत्यु भएको वडाध्यक्ष वेदप्रसाद पन्थीले बताएका छन् ।