कोरोनाको संक्रमणका कारण दुई नेपालीको मृत्यु
१२ चैत्र २०७६, बुधबार १७:५६
कोरोना भाइरसको संक्रमणका कारण न्यूयोर्कमा दुई जना नेपालीको मृत्यु भएको छ ।
पाँचथरका अनिल लिम्बुले कोरोनाको कारण मृत्यु भएको हो । पाँचथर कुम्मयाक गाँउपालिका–९का ५० वर्षीय अनिलको मृत्यु भएको उनका दाइ खगेन्द्र सम्बाहाम्फेले पुष्टि गरेका छन्।
अनिलको मृत्युबारे खगेन्द्रलाई पनि उनका माइला भाइले हङकङबाट जानकारी दिएका हुन्।
यसअघि बेलायतको लन्डनमा एकजना पूर्व गोर्खा सैनिकको कोरोना भाइरसबाट मृत्यु भएको थियो ।











