अबैध सामान सहित भारतीय ट्रक प्रहरी नियन्त्रणमा

काठमाण्डौंको बागमती करिडोरबाट भन्सार छली गरेर ल्याइएको कपडा प्रहरीले बरामद गरेको छ ।महानगरीय प्रहरी वृत्त, बानेश्वरले करिब २५ लाख रुपैयाँ बराबरको भन्सार छली गरेर ल्याइएको कपडा सहित एक भारतीय ट्रक नियन्त्रण्मा लिएको हो ।
प्रहरीले यूपी–३२–डीएक्स ९३४७ नम्बरको भारतीय ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको प्ररीले जनाएको छ । पक्राउ पर्नेमा भारत समस्तिपुरका मोहमद अक्तर रहेका छन् ।
प्रहरीका अनुसार सुराकीका आधारमा ट्रक नियन्त्रणमा लिएर खनतलासी गर्दा भनसार छली गरेर ल्याइएको अवैध सामान बरामद भएको बताइएको छ ।










