सशस्त्र प्रहरीले डेडिकेटेड कोरोना अस्पताल बनाउने

हेटौडा न्युज
१२ चैत्र २०७६, बुधबार १९:५०
;

सशस्त्र प्रहरी बलले डेडिकेटेड कोरोना अस्पताल बनाउने भएको छ । सशस्त्र प्रहरी बल (एपीएफ) ले कोरोना संक्रमणलाई रोक्न डेडिकेटेड कोरोना अस्पताल बनाउने प्रक्रिया थालेको हो । 

एपीएफले सशस्त्र प्रहरी  तालिम शिक्षालय र ९ नम्बर बाहिनी  खाली गराई मंगलबारबाटै अस्पताल निर्माण प्रक्रिया शुरु गरिएको जनाएको छ ।

यस्तो हस्पिटल माहमारी रोकथामपछि डिस्पोजल गरीने छ । डिस्पोजल गर्नु पर्ने भएकाले सतुंगलस्थित हस्पिटललाई पनि कुनै  न कुनै रुपमा  प्रयोगमा ल्याउने गरी नयाँ ठाउँमा समेत निर्माणको काम थालिएको बताइएको छ । 

यसअघि सरकारले कोरोना संक्रमित व्यक्तिहरुको उपचारका लागि सतुंगलस्थित सशस्त्र प्रहरी अस्पताललाई मुख्य अस्पतालका रुपमा तोकेको थियो ।

मंगलबार स्वास्थ्य  मन्त्री भानुभक्त ढकालको नेतृत्वमा सबै सुरक्षा निकायका प्रमुखसहितको निरीक्षणले स्वीकृति दिएपछि काम थालनी भएको हो । 

अहिले अस्पताल बन्ने स्थानमा रहेको संरचना खाली गराउने काम भइरहेको जनाइएको छ ।एपीएपका अनुसार अस्पताल बन्ने ठाउँमा रहेको ९ नम्बर बाहिनीलाई  सानो गौचरन र कुकुर शाखालाई भक्तपुर सार्ने काम भइरहेको । यस्तै एपीएफ कमाण्ड स्टाफलाई  मातातीर्थमा सार्ने काम भइरहेको जनाइएको छ । 

यसअघि नै अस्पताललाई आवश्यक पर्ने साधन स्रोत र जनशक्तिका बारेमा एपीएफले सरकारलाई प्रतिवेदन बुझाइसकेको छ । 

एपीएफका अनुसार अस्पताल निर्माणका लागि बजेटलगायतको आवश्यक व्यवस्थापन स्वास्थ्य मन्त्रालयले गर्नेछ । 

हाल नेपालमा ३ जनामा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ  । 

कोरोनाका संक्रमण थप फैलिएमा आवश्यक उपचारमा नेपाली सेनाका चिकित्सकको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सामुदायिक तथा निजी अस्पतालका चिकित्सकलाई पनि सहभागी गराउने सरकारको निर्णय छ। 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*