तेस्रो कोरोना संक्रमित पनि खाडी मुलुकबाट आएका थिए

हेटौडा न्युज
१२ चैत्र २०७६, बुधबार १९:५८
;

कोरोना भाईरसबाट नेपालमा तेस्रो व्यक्ति संक्रमित फेला परेको छ । टेकु अस्पतालको आइसोलेसनमा रहेको उनको नमूना परीक्षण गर्दा पोजिटिभ देखिएको  हो । उनी खाडी मुलुकबाट हालसालै नेपाल फर्किएको बुझिएको छ । तर, देश भने खुलेको छैन।

हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक रुना झाले जानकारी दिएकी छिन्। 

अन्दाजी ३० वर्षका ती पुरुषमा कोरोनाको लक्षण देखिएपछि टेकु अस्पताल पुगेका थिए । अस्पतालले उनलाई आइसोलेसनमा राखेर उपचार गरिरहेको जनाएको छ । 
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ । एकजना यसअघि नै उपचार गरेर निको भइसकेका छन्। तीन दिनअघि फ्रान्सबाट आएकी एक १९ वर्षीया युवतीको टेकु अस्पतालमै उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*