लकडाउनको अवज्ञा गर्ने १२ जनालाई ‘मुर्गा’ बनायो, पिटेको भिडियो भाइरल
लकडाउनको अवज्ञा गर्ने १२ जनालाई प्रहरीले ‘मुर्गा’ बनाएको छ । लकडाउनका समयमा साइकल चलाएको भन्दै प्रहरीले ‘मुर्गा’ बनाएर सजाए दिएको हो ।
भैरहवाको देवकोटा चोकबाट पवन मिष्ठान्न भण्डार जाने सडकमा ड्युटीमा रहेका ट्राफिक प्रहरीले उनीहरुलाई ‘मुर्गा’ बनाएका हुन् ।
प्रहरीले मोटरसाइकल र अन्य चारपांङ्ग्रे सवारी साधनलाई कारवाही गरेन तर साइकलयात्रीलाई ‘मुर्गा’ बनाएर बहादुरी देखाएको स्थानीय व्यवसायी किस्मत विकले बताएका छन् । उनले साइकलयात्रीहरुमाथि प्रहरीले अमानवीय व्यवहार गरेको बताएका छन्।
जिल्ला प्रहरी प्रमुख एसपी हेमकुमार थापाले आफ्ना प्रहरीले यस्तो काम नगरेको दाबी गरेका छन् ।
त्यस्तै सुनसरीको खनारमा लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले पिटेको भिडियो भाइरल भएको छ ।
बुधबार बिहानै सामाजिक सञ्जाल फेसबुसमा एउटा भिडियो भाइरल भयो, जसमा लकडाउन उल्लंघन गर्दै एक युवक साइकलमा हिँडिरहेका देखिन्छन् ।
कोरोना राकथामका लागि सरकारले लागू गरेको लकडाउन कार्यान्वयमा खटिएका दुई प्रहरी कर्मचारी सडक किनारमा बसिरहेका देखिन्छन् । साइकल उनीहरुको छेऊ आएपछि एकजनाले ‘यहाँ आइज’ भनेर युवकलार्इ बोलाउछन यूवकले बोल्दाबोल्दै प्रहरीले लाठी प्रहार गर्छन् ।
चारपटक लाठी हानेपछि अझै अटेरी गर्दोरहेछ भनेको सुनिन्छ । त्यसपछि युवक साइकल चढेर फर्किन्छन् ।