कोरोनाबाट प्रभावित सात राष्ट्र

विश्वभर कोरोना भाइरस महामारीको रुपमा फैलिरहेको छ । विश्वको १ सय ९० भन्दा बढी मुलुकमा कोरोना भाइरसको संक्रमण देखापरेको छ ।
कोरोना भाइरसले हाल विश्वलाई नै आक्रानत बनाएको छ । भाइरसका कारण हालसम्म २० हजार बढिले ज्यान गुमाइसकेका छन् भने ४ लाख बढि संक्रमित छन् ।
विश्व स्वास्थ्य संगठनले महामारी नै घोषणा गरीसकेको छ । भाइरसले हाल युरोपलाई आक्रान्त बनाएको छ ।
चीनमा भने कोरोना संक्रमित र मृतकको दर निकै न्युन भइसकेको छ । युरोपेली राष्ट्र इटली, स्पेन, जर्मनी र फ्रान्समा कोरोनाको प्रभाव झनै बढ्ने क्रममा छ ।
कोरोनाको प्रभाव बढ्दै जाँदा विश्वका धेरै मुलुकले लकडाउनको नीति अपनाएका छन् । मानिसहरुलाई घरबाट निस्कन समेत रोक लगाएका छन् ।
कोरोना भाइरसबाट इटली सबैभन्दा बढि प्रभावित भएको छ । इटलीमा हाल सम्म ६ हजार ८ सय २० को मृत्यु भएको छ भने ६९ हजार १ सय ७६ संक्रमित छन्, ८ हजार ३सय २६ जना भने उपचारपछि घर फर्किएका छन् ।
चीनमा भने ८१ हजार २ सय १८ संक्रमित, ३ हजार २ सय ८१ को मृत्यु, ७३ हजार ६ सय ५० उपचारपछि घर फर्किएका छन् ।
३. अमेरिकाः ५४ हजार ९१६ संक्रमित, ७८४ को मृत्यु, ३७९ उपचारपछि स्वस्थ
४. स्पेनः ४२ हजार ५८ संक्रमित, २ हजार ९९१ को मृत्यु, ३ हजार ७९४ उपचारपछि स्वस्थ
५. जर्मनीः ३२ हजार ९९१ संक्रमित, १५९ को मृत्यु, ३२ सय ९० उपचारपछि स्वस्थ
६. इरानः २४ हजार ८११ संक्रमित, १९ सय ३४ को मृत्यु, ८ हजार ९१३ उपचारपछि स्वस्थ
७. फ्रान्सः २२ हजार ३०४ संक्रमित, ११ सयको मृत्यु, ३२ सय ८१ उपचारपछि स्वस्थ
नेपालमा भने हाल सम्म ३ जनामा भाइरसको संक्रमण देखिएको छ । जसमध्ये १ जना उपचार पश्चात घर फर्केको जनाइएको छ ।