बैंकहरुलाई कर्जाको सावा र ब्याज नलिन सरकारको निर्देशन
सरकारले बैङ्क तथा वित्तीय संस्थाहरुलाई सावा ब्याज असुली नगर्न निर्देशन दिएको छ ।
कोरोनाप्रभावित व्यवसायहरुको कर्जाको सावा ब्याज असुली गर्ने कार्य चैत मसान्तसम्मका लागि स्थगन गर्न सरकारले बैंकहरुलाई निर्देशन दिएको छ ।
अर्थमन्त्री युवराज खतिवडाको अध्यक्षतामा बुधबार बसेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । यसमा गैरबैङ्किङ वित्तीय संस्थाहरु पनि सामेल छन् ।
बैठकले काउन्टरमा जम्मा हुन आउने र काउन्टरबाट वितरण गरिने नोटहरुलाई संक्रमणरहित (डिसइन्फेक्टेन्ट) गरेर मात्र प्रयोगमा ल्याउने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।